दफा ११
समितिको बैठक
: (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
(२) समितिको बैठक कम्तीमा महिनामा एकपटक हुने गरी आवश्यकता अनुसार बस्नेछ ।
(३) कम्तीमा पच्चीस प्रतिशत सदस्यले छलफलको विषय सूची सहित बैठक बोलाउन लिखित अनुरोध गरेमा अध्यक्षले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले समितिको बैठकको अध्यक्षता गर्नेछ ।
(५) सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको
मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको बैठकमा सदस्य संस्थाहरुको प्रतिनिधिलाई आवश्यकता अनुसार पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सकिनेछ । समितिको बैठकमा आमन्त्रित त्यस्तो प्रतिनिधिलाई मत दिने अधिकार हुने छैन ।
(८) समितिले तोके बमोजिम समितिको बैठकको निर्णयपुस्तिका सुरक्षितसाथ राख्ने वा राख्न लगाउने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुनेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(१०) सदस्यको बैठक भत्ता तथा अन्य सुविधा मन्त्रालयको स्वीकृति लिई समितिले तोके बमोजिम हुनेछ ।